सुरेशकुमार पान्डेको गजल

प्रकाशित मिति :  219 पटक हेरिएको

एमसीसीले देश भित्र विकास हुनेभए,
देशमा यो गरिबिको सत्यानास हुनेभए।

कुन काम सक्केकाले विरोध गर्थ्यो भन,
यसले देशभित्र रोजगारको रास हुनेभए।

साम्राज्यवादले रणक्षेत्र बनाउँन खोज्यो,
को रुनथ्यो भन सङ्कट बाईपास हुनेभए।

नेतालाई सबै थाछ एमसीसी ठिक छैन,
दुईमत हुनेपनि थिएन यो खास हुनेभए।

किन विघटन गर्थे दुईतिहाईको सरकार,
देशको मर्म थोरै पनि यहसास हुनेभए।

किन वादा गर्छौ जनतासँग पुरा नगर्ने ले,
छिट्टै एमसीसी पारित गर्न हतास हुनेभए।

© सुरेशकुमार पान्डे

तपाईको प्रतिक्रिया