समय दृष्टिको प्रथम वार्षिकोत्सवको अवसरमा अधिवक्ता शर्माको ‘दृष्टिकोण’ लोकापर्ण

प्रकाशित मिति :  348 पटक हेरिएको

काठमाडौँ । रोशी डिजिटल प्रालिद्वारा प्रकाशित समय दृष्टिको प्रथम वार्षिकोत्सव आज सम्पन्न भएको छ । सो अवसरमा लेखक तथा अधिवक्ता दीपक शर्मा जंगमको पुस्तक ‘दृष्टिकोण’ लोकापर्ण गरिएको छ ।

रिपोर्टर्स क्लब नेपालमा भएको सो कार्यक्रममा कर्णजित शुशिल बुढाथोकी, पुर्व सभासद तिलक थापा मगर, खड्क बहादुर वाइवा र अतिथि सबैद्वारा सो पुस्तक लोर्कापण गरिएको हो ।

उक्त कार्यक्रममा अधिवक्ता शर्मालाई रोशी डिजिटल प्रालिले सम्मानसमेत गरेको छ । रोशी डिजिटलका अध्यक्ष पुण्य बहादुर लामा (अरुण घिसिङ) ले १ वर्ष अगाडि सुरु गरेको पत्रिकाको सुरुवाती दिनमा नै कोरोना कहर सुरु भएको बताए । उनले २०७७ साउन ३० गते स्थापना भएको समय दृष्टि १ वर्ष पुरा भएर दोस्रो वर्षमा प्रवेश गरेको जानकारी दिए । उनले सहयोग गर्ने सम्पूर्णलाई विशेष धन्यवाद दिए ।

राज्यको चौथो अंगको रुपमा परिभाषित गरेको पत्रकारीताले सम्पुर्ण पक्षलाई समेट्न सक्यो कि सकेन त्यो महत्वपूर्ण भएको बताए ।

सो अवसरमा उनले आगामी दिनमा सबैपक्षलाई समेटेर अगाडि बढ्ने बताए । उनले भने, ‘न्यायालय, राज्यका बेतिथी, अन्यायको कुरा, सरकारको गलत कुरालाई पुस्तकमा समेटेको छु ।’

कार्यक्रममा कार्यकारी सम्पादक इन्दिरा वाइवाले पत्रिका संचालनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् । आगामी दिनमा सबैको सहयोग आवश्यक पर्ने भन्दै उनले सहयोग गर्न पनि आग्रह गरिन् ।

कार्यक्रममा पूर्व सभासद तथा नेपाल कम्युनिस्ट पार्टी केन्द्र समाजवादीका केन्द्रीय अध्यक्ष कर्णजित शुशिल बुढाथोकी, रोशी डिजिटल प्रालिका सल्लाहकार तथा पुर्व सभासद तिलक थापा मगर, नेपाली कांग्रेसका सिन्धुलीका उपसभापति खड्क बहादुर वाइवा लगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया