कविता: नमरेको मान्छे

प्रकाशित मिति :  373 पटक हेरिएको

म पलपल मरिरहेको मान्छे
मैले भेट्न चाहेँ
विगत , वर्तमान र भविष्य
बिनाको मान्छे
समयले खाउँलाझैँ गरी हेर्यो
मलाई सौताजस्तै ठानेर

मृत्युु भन्दा अघिनै
सबै मरिसकेको हुँदा रहेछन्
म जस्तै
बाध्यता , जिम्मेवारी र अभावले
सिसालाई जस्तै कयौंपटक
फुटाई सकेको हुदोरहेछ मान्छेलाई

र पलपल मर्दो रहेछन्
कोही विगत सम्झेर
कोही वर्तमान देखेर
र कोही भविष्य सोचेर

अनि यस्तो लाग्यो
टाढाबाट खुसी देखिने मान्छे
पनि आँसु ओडेर निदाउँछ

महाशय
मलाई थाहा छ
तपाईँले पनि देख्नु भएको छैन
त्यो अनुहारलाई
कतै भेट्नुभयो भने
कतै देख्नु भयो भने
मलाई भेटाईदिनुस न है
एकपटक मृत्यु अगाडि हेर्ने
तपाईंको जस्तै
मेरो पनि ठूलो रहर छ
नमरेको मान्छेलाई ।

© विजयता भण्डारी

तपाईको प्रतिक्रिया