हाँस्य कलाकार शम्भुराज थापा बखते’को निधन

प्रकाशित मिति :  417 पटक हेरिएको

काठमाडौँ । वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ ।

शनिबार बिहान करिब पौने पाँच बजे पाटन अस्पतालमा उनको निधन भएको हो ।

एक महिनाअघि कोरोना सक्रमित भएका थापालाई पाटन अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उपचारकै क्रममा ६४ वर्षकाे उमेरमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनले टेलिफिल्म हल्का रमाइलो , गोलमाल, भद्रगोल, मह सन्चार, मेरीबास्सैमा अभिनय गरेका  थिए यसका साथै चलचित्रहरू, विज्ञापनमा पनि उनी देखिँदै आएका थिए ।

तपाईको प्रतिक्रिया