दोङ परिवारद्वारा टोल विकास संस्थालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

प्रकाशित मिति :  405 पटक हेरिएको

रामचन्द्र मोक्तान । मकवानपुरमा दोङ परिवारद्वारा ठूलो सुकौली टोल विकास संस्थालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

हेटौँडा उपमहानगरपालिका- १५ स्थित ठुलो सुकौली टोल विकास संस्थाका अध्यक्ष महेश दोङको ममतामायी आमा स्वर्गीय ठुली माया दोङको स्मृतिमा दोङ परिवारको तर्फबाट कोरोना संक्रमण रोकथामका लागि आफ्नो टोल वासीको स्वास्थ्यलाई मध्यनजर गर्दै मास्क र सेनिटाइजर ठुलो सुकौली टोल विकास संस्थालाई हस्तान्तरण गरेको टोल विकास संस्थाका सल्लाहकार बबिता मोक्तानले जानकारी दिइन् ।

सहयोगी मनहरुप्रति संस्थाको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया