आज थप १ हजार ८०१ जनामा कोरोना, २४ जनाको मृत्यु

प्रकाशित मिति :  192 पटक हेरिएको

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ७०४ जनाको पीसीआर परीक्षणमा १ हजार ५४८ र २ हजार ६२२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २५३ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने १ हजार ९२४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया