मञ्जुश्रीको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन आज

प्रकाशित मिति :  297 पटक हेरिएको

काठमाडौं । मञ्जुश्री फाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीको लिालामी शेयरमा आज बैंकिङ सयमसम्म आवेदन दिन सकिने छ ।

कम्पनीले साउन १४ गतेदेखि १२ हजार ५८७ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३ सय रुपैयाँ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नु कम्पनीले जनाएको छ ।

शेयर खरीद गर्न बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन गर्नु पर्नेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने कम्पनीले जनाएको छ ।

आवेदकबाट परेको बोलपत्र कम्पनीले भदौ ९ गते बिहान १० बजे एनआइबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाटमा निजको प्रतिनिधिको उपस्थितीमा खोलिने जनाएको छ ।

तपाईको प्रतिक्रिया