कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै गराउन संसदीय समितिको निर्देशन

प्रकाशित मिति :  215 पटक हेरिएको

काठमाडौँ । संसदीय समितिले कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो भौतिक उपस्थितिमै लिने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

मंगलबार सिंहदरबारमा बसेको शिक्षा समितिको बैठकले विद्यार्थीहरूलाई कोभिडविरुद्धको खोपको आवश्यक व्यवस्था गरी कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो लिने व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।

कोभिडविरुद्धको खोपलगायतका स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना हुने गरी कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो लिने व्यवस्था गर्न सरकारलाई निर्देशन दिइएको समिति सभापति जयपुरी घर्तीले जानकारी दिइन् ।

समितिले कोभिड खोपको अभावमा परीक्षामा सामेल हुन नसक्ने अवस्था आउन नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सचेत समेत गराएको छ ।

तपाईको प्रतिक्रिया