कथा: जोगिएको कलमबाट

  अस्मिता प्रकाशित मिति :  347 पटक हेरिएको

भाङ्ग्रा र फेंगा अनि मार्किनमा सुसजित एक हुल शरीरहरू म भएबाट विपरीत दिशाबाट आउँदै गरेका रैछन्। आबो, आफ्नै जस्तो कपडा लाएको देखेसी म नि अलि चासो लिँई हालेँ । के रहेछ बुझ्नु पर्यो भनेरबाट मुनिको काईला बाको नाममा बनाईएको फलैचामा बसेर त्यो हुललाई पर्खिएँ। ओ.. हो हुल नजिकै आउदा त मुहारहरु त चिनजानकै पो परेछ। लौ..!! चिनजान मात्रै हैन आफ्नै परिवारभित्रको मुहारहरु पो रैछन्। हैन यत्रो झण्डा र व्यानर बोकेर अनि यो हुलसँग कता हिडिस् ए कान्छा भनेर सोधेको, कान्छा त बरिष्ट राजनीतिज्ञ नै भएछ नि। थोरै बेर सुनाएन उसको झण्डाको जीवनी। पछाडिबाट नि आउँदै थियो केही हल्ला खल्ला त म त कान्छाकै बखानमा अल्मलिएछु। पछाडीको हल्ला नजिकै आईपुग्दा पो निन्द्राबाट ब्यूझिँएर उठेको जस्तै अनुभव भयो। लौ त्यता पनि उस्तै। साईला काका, जन्तरी दिदी, सानुमैया अनि थुप्रैथुप्रै।

हुलमात्रै उस्तै, झण्डा र व्यानर भने फिटिक्कै नमिल्ने। झण्डा फरक देख्न साथ त पहिलो हुलका लिडर “कान्छा” ले मुख बटार्यो र पछाडिका मुहारहरुनि उस्तै। अनि त्यसै बखत साईला काकाको आखा तराई बडो चाखलाग्दो थियो। म मात्र नियालि रहेको थिएँ र, त्यतिञ्जेल भने दुवै पक्ष अनि म चुपचाप….!!!

….लौ..!! हेर्दा हेर्दै त्यस्तै हुल त माथि डाँडाबाट पनि पो आई नै पुग्यो। अब बिस्तारै ३ पक्षको बिचमा म थिएँ, ठिङ्ग उभिएको शरीर अनि चकित आँखा बोकेको अनुहारले पुन उही चिनजानकै अनुहार भेट्यो तेस्रो हुलमा पनि र उस्तै व्यानर र झण्डा तर फरक अक्षर र नक्साहरु।
तेस्रो भिँडबाट एउटा स्वरले म प्रति सवील गर्यो।
“के हो बैनी हजुर चाहि कुन पाटीको होर…?? दुवै पक्षको बिचमा देख्छु।”
यतिञ्जेल मैले बुझिसकेको हुँदो हूँ, निश्पक्ष भएर एक्लै बिचमा उभिनु भनेको दुनियाँको लागि निश्चित एउटा पार्टीको सदस्यसम्म हुनु हो रहेछ।
झट्ट म बोल्छु, “ह्या हैन हौ, म त यत्तिकै जम्काभेट भएर पो..!”
पुन: उही स्वर बोल्छ,”ए… म त भन्दै थिए तिम्लाई नि लगेछन् यि हाम्रा बिरोधीहरुले भनेर…”
यो बोली टुङ्गिन नपाउदै पहिलो हुलबाट एक जना आमै जँगिनु भयो, गुन्यूको मुजा पक्डिदै औला ठड्याएर कराउन लाग्नु भो, लौ हारी र पुँवालोको धागो चुडिने गरि उफ्रिनु भएछ। हारीका सबै पैसा त भुँईमा पो।
पुन कड्किनु भो, “लौ..! सत्यनाश, बिहान बिहान यिनीहरुको अनुहार देख्नुको कारण यस्तो भो”
भुईँमा खसेको गहना टिप्नै लाग्दा, अर्को पक्षबाट टिकाटिप्पणी भयो, पुन अर्को पक्ष, फेरी अर्को पक्ष……………….. अनन्त बहस भनौ या बिरोध चर्की रह्यो, चलिरह्यो, बिवादको निष्कर्शहिन अवस्थाले एकैछिनमा दिक्क भएर त्यो भिँडबाट केही बाहिर निस्किए। अलि तल एउटा मान्छे गलेर लखतरान नै परेर सिरु उम्रिएको जमिनमा ठ्यास्स बस्नु भाको रैछ, हातमा पानीको बोतल र छेउमा एउटा क्यामेरा पनि….

झडपले दिक्क बनेको म, पानी देखेसी उही मान्छे भएतिर लागे। अरे…!! रिपोर्टर साहेब पो..??? देख्नसाथ यै बोली फुत्कि हाल्यो। उहा बोल्नुहुन्छ,”हजुर मिस,,,,म…”
अनि के हो अति नै थकित जस्तो देख्छु।
“ह्या म दिक्क भै सके, फलानो पाटीको के भन्यो, ढिस्का संघको के भन्यो बोलाको बोलाकै गर्छन्, नजादा नि अफ्ठ्यारो, (एकछिन लामो सास फेरेर पुन बोल्नुहुन्छ) अब दिनकै हिँडाई छ, निश्पक्ष बोल्छु त भन्यो, आबो हिजोको कार्यक्रमको मानिसहरुले आज अर्कोकोमा देख्छ, भोली अर्कोकोमा अनि फलानोको पाटीमा पसिस् भन्दै शंका र आरोप मात्रै अनि बिचबिचमा यस्तै झडप, (त्यो भिँडतिर संकेत गर्दै) उ देख्दै हुनुन्छ नि हजुर त्यहाँ…. म त मेरो कर्तव्य पुरा गर्ने हेतुले जान्छु तर आरोप र झमेलामा यसरी फसिन्छ के गर्नू त….?? मेरो समुदाय हेरेर अचम्म र दिक्क भैसकेँ”

म केही नबोली सुनि मात्र रहन्छु, त्यति नै बैला समाज मुलघरका आपा आईपुग्नु हुन्छ….
सञ्चो बिसञ्चो नसोधी सिधै सोध्छु,”आपा के हो… केटाकेटी त पुरै लडाई, झगडामा अल्मलिएका रैछन् हजुर नै त हो अभिभावक केही दायित्व छैन र हजुरको..??
आपा बोल्नु हुन्छ,” खै नानी… कता कता के के गर्छन्, कता बिराउछन् कता बिगार्छन् एकै चोटी आरोप मात्रै आईपुग्छ हामीकहाँ त, कतै त काम पनि राम्रो गर्या होलान्, त्यो त ठिकै छ तर बाटो हिड्न लाग्दा कहिल्यै सोध्दैनन् कुन बाटो कसरी हिड्नु भनी अनि ठूला भाका छोराछोरीलाई हकार्नु नि हातखुट्टा बानिदिएको बुझ्लान्, के गर्नु गाह्रो छ नानी…”
आपाको कुरा सुनेर त केही हासो पनि लाग्यो, बचपनको यादमा पुगिएछ। प्राईमेरी पढ्दा स्कूलको रिजल्ट घरमा नदेखाई रिजेल्टमा अभिभावक हस्ताक्षरमा आफै किर्ते साईन गर्द्या जस्तै….
कहिलेकाही जवानीको कर्तुतले पनि बाल्यकाल सम्झाईदिन्छ।

यति सुनेर रिपोर्टर सरको हातबाट पानीको बोतल माग्दै पानी पिउन ठाडो घाटी लाउदा पो देखे बाटो माथिको डिलबाट त पारी पारी गाँउकाहरु आएर रमिता हेरि राख्या रैछन् अनि तक मेरा दाजूभाई यतिबेलासम्म हानाहान पर्न लाग्या रैछन्। पानी नै छाडेर म हतार हतार त्यहा पुग्छु। एकछिनमा बल्ल शान्त पार्छु सबैलाई। र भन्छु,”सबैको गन्तव्य उही हाम्रो बिकास र अधिकारको लागि त रहेछ, हामी उदेश्य पनि एउटै राखेर एउटै बाटोमा हिडौं” मात्र भनेको के थिए सबै पक्षबाट “त्यो पर्दैन” भन्ने वाक्यंश एकैसाथ फुत्कियो। म पुन सम्झाउन खोज्छु, एउटा हुलबाट एकजना कराउनु हुन्छ, “तिमी कस्को झोले पर्यौ, हाम्लाई तिम्रो व्याख्यान र भाषण सुन्नु छैन”
यो कलम बोक्नको लागि त झोला नबोक्ने मलाई झोवेको दर्जा दिदै त्यो भिडँ हिड्न लाग्यो। म रोक्न खोज्दै थिएं मलाई कुल्चिकाल्ची हिड्यो, अघिको झडपबाट कस्को भेस्ट च्यातिएर हातमा आएछ। त्यतिञ्जेल म हेर्न लायक थिइन। माथिबाट रमिता हेर्ने मानिसहरु अझै गएका थिएनन्, मलाई औधी रिस उठेको झोकमा, हकारे ति मानिसहरुलाई, उनीहरु त झन् मतिर गिज्याएर हाँस्न लागे सायद मेरो हालत हास्नै लायकको थियो। आफ्नै दाजूभाईहरुले त अघि कुल्चिएर गए, आबो यी परका मान्छेसँग जुहारी खेल्दा मेरो हालत के होला सोचेर त्यो च्यातिएको भेस्टको टुक्रा ओडेर मुख लुकाएर त्यहाबाट हिडे। हिड्न लाग्दा कहिल्यै सोध्दैनन् कुन बाटो कसरी हिड्नु भनी अनि ठूला भाका छोराछोरीलाई हकार्नु नि हातखुट्टा बानिदिएको बुझ्लान्, के गर्नु गाह्रो छ नानी…”

यति सुनेर रिपोर्टर सरको हातबाट पानीको बोतल माग्दै पानी पिउन ठाडो घाटी लाउदा पो देखे बाटो माथिको डिलबाट त पारी पारी गाँउकाहरु आएर रमिता हेरि राख्या रैछन् अनि तक मेरा दाजूभाई यतिबेलासम्म हानाहान पर्न लाग्या रैछन्। पानी ना छाडेर म हतार हतार त्यहा पुग्छु। एकछिनमा बल्ल शान्त पार्छु सबैलाई। र भन्छु,”सबैको गन्तव्य उही हाम्रो विकास र अधिकारको लागि त रहेछ, हामी उदेश्य पनि एउटै राखेर एउटै बाटोमा हिडौँ, लडौँ एकैसाथ बलियो भएर” मात्र भनेको के थिए सबै पक्षबाट “त्यो पर्दैन” भन्ने वाक्यंश एकैसाथ फुत्कियो। त्यतिबेला भने मेरो समुदायमा एकता देखिय़एको थियो। म पुन सम्झाउन खोज्छु, एउटा हुलबाट एकजना कराउनु हुन्छ, “तिमी कस्को झोले पर्यौ, हाम्लाई तिम्रो व्याख्यान र भाषण सुन्नु छैन”

यो कलम बोक्नको लागि त झोला नबोक्ने मलाई झोलेको दर्जा दिदै त्यो भिडँ हिड्न लाग्यो। म रोक्न खोज्दै थिएं मलाई कुल्चिकाल्ची हिड्यो, अघिको झडपबाट कस्को भेस्ट च्यातिएर हातमा आएछ। त्यतिञ्जेल म हेर्न लायक पनि थिइन रैछु। माथिबाट रमिता हेर्ने मानिसहरु अझै गएका थिएनन्, मलाई औधी रिस उठेको झोकमा, हकारे ति मानिसहरुलाई, उनीहरु त झन् मतिर गिज्याएर हाँस्न लागे सायद मेरो हालत हास्नै लायकको थियो। आफ्नै दाजूभाईहरुले त अघि कुल्चिएर गए, आबो यी परका मान्छेसँग जुहारी खेल्दा मेरो हालत के होला सोचेर त्यो च्यातिएको भेस्टको टुक्रा ओडेर मुख लुकाएर त्यहाबाट हिडे। म रोक्न खोज्दै

….. घरको कोठा पुगेर हेरेको त च्यातिएको भेस्टको टुक्रामा ”
“Proud To be Thangmi” लेख्या रैछ। आफ्नैहरु आफ्ना नभए सी यस्तो गौरवको खोल ओढेर पनि अनुहार लुकाएर भाग्नु पर्दो रहेछ।

धन्न भित्री कोटको भित्री गोजीमा राख्या थिए यो कलम र सुरक्षित बसेछ अनि लेख्न सकेँ यो कहानी नत्र……………
© अन्जिला थामी ‘अर्पणा’
ईलाम ।

तपाईको प्रतिक्रिया