सम्झना थापामगरका तीन मुक्तक

  अस्मिता प्रकाशित मिति :  732 पटक हेरिएको

१. मनको चाहलाई मेट्न कहाँ सकिन्छ र
सँधैभरी यसरी भेट्न कहाँ सकिन्छ र
किन किन माया लाग्छ अति नै तिम्रो
मुटुमा प्रहार गरी रेट्न कहाँ सकिन्छ र

१. मेरो हरेक सासमा छौ प्रिय तिमी
मुटुको भित्री बासमा छौ प्रिय तिमी
घरीघरी आईदिन्छ तिम्रो मात्रै याद
नजरको वरिपरि छौ प्रिय तिमी

३. जिन्दगी फाटेको भोटो झैँ लाग्यो
भाग्य मेरो कस्तो खोटो झैँ लाग्यो
नियतिको खेल होला यो सायद
संघर्ष हो जीवन छोटो झैँ लाग्यो
© सम्झना थापामगर
पु.ब.न.पा – ७ साधीँखोला
स्याङ्जा

तपाईको प्रतिक्रिया