सम्झना थापामगरका चार मुक्तक:

प्रकाशित मिति :  1330 पटक हेरिएको

१. तिम्रै सम्झनामा आउँछु बेलाबेलामा
भावनाका गीत गाउँछु बेलाबेलामा
दुरीले टाढा भएता पनि हाम्रो सम्बन्ध
नजरको वरिपरि पाउँछु बेलाबेलामा

२. मंहगीले गर्दा पाइला चाल्न गाह्रो भो
गरिबको घरमा चुल्हो बाल्न गाह्रो भो
खाधान्नको मूल्य तोक्नु पर्‍यो सरकार
कालाबजारीको जरो फाल्न गाह्रो भो

३. समय अनुसार परिवर्तन हुन जान्नुपर्छ
राम्रो काम गरि अरुको मन छुन जान्नुपर्छ
कसैप्रति नि रिस, डाहा र ईर्ष्या नराखी
हृदयमा भएको मैलोलाई धुन जान्नुपर्छ

४. कोरोनाको महामारी हरेक दिन बढेको छ
थाहा नपाइ शरीरको तन्तुहरुमा चढेको छ
समयमै सावधानी अपनाएर हिड्ने गरौ
धनि गरिब सबैको पार्थिव शरीर डढेको छ

© सम्झना थापामगर
पु.ब.न.पा- ७ साधीँखोला
स्याङ्जा

तपाईको प्रतिक्रिया