कविता: कैंची , सियो र धागो

प्रकाशित मिति :  432 पटक हेरिएको

नापेर काट्छ
छाँटेर काट्छ
अनेक – अनेक आकारमा
बडो होशियारीका साथ नदुखाई काट्छ कैंचीले

एकोहोरो सिलाउँछ
दोहोरो सिलाउँछ
उध्रे , फाटेका र टुक्रेकालाई
निर्ममताका साथ दुखाउँदै भए पनि सिलाउँछ सियोले

कैंचीको धारमा काटिएर
सियोको नाथ्रीमा उनिएर
कहिले चुँडिएर ,
कहिले गाँठिएर भए पनि
जोडिरहन्छ धागोले

भन्नेहरुले
तिमीलाई कैंची ,
मलाई सियो

प्रेमलाई धागो
नभने हुन्थ्यो ।।

© रोशन परियार ‘रोपनि’

तपाईको प्रतिक्रिया