सम्झना थापामगरका चार मुक्तक

प्रकाशित मिति :  433 पटक हेरिएको

१. पीडा बोकेर हँसिलो मुहार बनाउँ कसरी
माया गर्ने तिमी छैनौ एक्कै रमाउँ कसरी
सँगै जिउने मर्ने कसम तोडेर पराइ बन्यौ
भन बाँकी जीवन अब मैले कटाउँ कसरी

२. चुहिएको खरको छानो बनाउन प्रदेशमा छु
मिठो मसिनो एक मानो खुवाउन प्रदेशमा छु
अर्काको लात र वाद सहदै भए पनि मैले
परिवारको निम्ति दानो फलाउन प्रदेशमा छु

३. नेता ज्युहरुको ब्यवहार हेर्दा वाक्क लाग्छ
बेला बेलामा नीतिनियम फेर्दा वाक्क लाग्छ
यस्तो चालाले देशको बिकास हुन्छ कसरी
जहाँ पनि भ्रस्टाचारले मात्र घेर्दा वाक्क लाग्छ

४. जिन्दगी फाटेको भोटो झैं लाग्यो
भाग्य मेरो कस्तो खोटो झैं लाग्यो
नियतीको खेलै त होला सायद
संघर्ष गर्दा२ जीवन छोटो झैं लाग्यो

सम्झना थापामगर
पु.ब.न.पा -७ साधीँखोला स्याङ्जा

तपाईको प्रतिक्रिया