मकवानपुरका दुई फरार प्रतिवादी पक्राउ

प्रकाशित मिति :  162 पटक हेरिएको

मकवानपुर । मकवानपुरका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । अवैध लागुऔषध गाँजा र विविध मुद्दामा फरार दुईजनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुरको साबिक डाँडाखर्क गाबिस वडा नम्बर ४ बस्ने चित्रबहादुर थिङ र हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ बस्ने काले भन्ने अभिषेक लामा ध्यावा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

मकवानपुर जिल्ला अदालतको फैसलाले लागु औषध गाँजा मुद्दामा ९ महिना ४ दिन कैद भुक्तान गर्न बाँकी रहेका थिङलाई सोमबार हेटौंडा १० बाट प्रहरीले पक्राउ गरेको हो ।

यस्तै मकवानपुर जिल्ला अदालतको फैसलाले विविध मुद्दामा ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएका अभिषेक लामालाई प्रहरीले मंगलबार हेटौंडा ९ बाट पक्राउ गरेको हो ।

पक्राउ परेका थिङ र लामालाई कैद तथा जरिवाना भुक्तानका लागि मकवानपुर जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया