काठमाडौँ । कक्षा १२ को परीक्षा यही भदौ ३० गतेदेखि हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको बैठकले भदौ ३० गतेदेखि परीक्षा सुरु गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले जानकारी दिए ।
साथै यसअघि तयारी गरेअनुसार होम सेन्टरबाटै परीक्षा सञ्चालन हुने पनि उनले बताए ।
यसअघि गएकाे जेठमा तय भएको परीक्षा साउन ३१ गतेदेखि सुरु गर्ने तयारी थियो । तर कोरोना जोखिमका कारण साउनमा पनि स्थगित गरिएको परीक्षा आउँदो ३० गतेदेखि सुरु हुने भएको हो ।