मोडल निशा घिमिरेको निधन

प्रकाशित मिति :  312 पटक हेरिएको

काठमाडौँ । लामो समयदेखि नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको निधन भएको छ ।

उनको घिमिरेको उपचारका क्रममा आज साँझ ६ः५१ बजे नर्भिक अस्पतालमा निधन भएको हो ।

लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिए पनि केही समय यता उनको स्वास्थ्यमा सुधार आउन सकेको थिएन ।

गम्भीर अवस्थामै रहेकी घिमिरेको मुटु र मृगौलाले काम गर्न छाडेपछि बुधबार बिहानदेखि अवस्था गम्भीर बन्न पुगेको र साँझ मृत्यु भएको अस्पतालले जनाएको छ ।

नर्भिक अस्पतालले अचेत अवस्थामा घरमै थन्किएकी घिमिरेलाई २०७८ जेठ २७ गते उद्वार गरेको थियो । उद्वार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो । सो क्रममा उनको सबैखालका विकल्प तथा विधिबाट उपचार गरिए पनि बचाउन नसकेको जनाएको छ ।

तपाईको प्रतिक्रिया