अभिनेता सिद्धार्थ शुक्लाको निधन

प्रकाशित मिति :  136 पटक हेरिएको

काठमाडौँ । भारतीय टेलिभिजन उद्योगका चर्चित अभिनेता सिद्धार्थ शुक्लाको निधन भएको छ ।

बिग बोस-१३ को बिजेतासमेत रहेका शुक्लाको हृदयघातका कारण मुम्बईको कुपर अस्पतालमा निधन भएको हो ।

बिहीबार ४० वर्षीय शुक्लाले बुधबार राति सुत्नुअघि औषधि खाएर सुतेका तर बिहिबार बिहान उनको हृदयघातका कारण निधन भएको अस्पतालले जनाएको छ ।

टेलिभिजन उद्योगका चर्चित अभिनेता शुक्लाले बिग बोसको १३ औँ संस्करण जित्न सफल भएका थिए । उनले टेलिभिजन सिरियल ‘बालिका बधु’ बाट आफ्नो पहिचान बनाएका थिए ।

तपाईको प्रतिक्रिया