सुरेशकुमार पान्डेको गजल

प्रकाशित मिति :  214 पटक हेरिएको

जनताले सधै छानेका हुन इमानदार सम्झेर,
दुश्मनका लागि यिनै हुनेछन् खुँखार सम्झेर।

दिक्क लाग्न थाल्यो हिँजो आज हामीलाई,
यिनले जनता माथि गरेको ब्यबहार सम्झेर।

महा दुश्मनसवग पनि घाँटि जोडे नेताहरुले,
सदियौँ देखिको घनिष्ट आफ्नै प्यार सम्झेर।

हामीले पाखा लगौनैपर्छ यो एम सीसीलाई,
देश जनताको बिचमा आउँने दरार सम्झेर।

हो एक दिन हिसाब मागेर छाड्छ जनताले,
नेताहरु सँग देशद्रोही र यिनै गद्धार सम्झेर।

सधैभरी सेते जस्ता चुप लागेर बसने छैनन्,
यिनलाई नादान अनि नयाँ सरकार सम्झेर।

तपाईको प्रतिक्रिया