सुनको मूल्यमा सामान्य वृद्धि

प्रकाशित मिति :  255 पटक हेरिएको

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

हिजो तोलामा ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज शुक्रबार १ सय रुपैयाँले बढेर तोलामा ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलामा ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बिहीबार तेजावी सुनको मूल्य तोलामा ९० हजार ३ सय रुपैयाँ कायम भएको थियो ।

आज शुक्रबार चाँदीको मूल्य घटेको छ । हिजो तोलाको एक हजार दुई सय ५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले घटेर तोलाको एक हजार एक सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया