आजदेखि गौरवशाली परम्पराको सुरुवात हुँदैछ: शशाङ्क कोइराला

प्रकाशित मिति :  55 पटक हेरिएको

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले वडा तहदेखि नै पार्टी सङ्गठनलाई बलियो बनाउँदै लैजानुपर्ने बताएका छन् ।

पार्टीको १४ औँ महाधिवेशनका क्रममा आजदेखि सुरु भएको वडा अधिवेशनका अवसरमा शुभकामना सन्देश जारी  गर्दै उनले वडा तहदेखि नै पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाले लोकतन्त्र बलियो हुने बताएका छन् ।

उनले पार्टीको आगामी गति र परिचालनले मुलुकको भाग्य र भविष्य कोर्नुपर्ने बताउँदै भनेका छन्, ‘काँग्रेसको वडा तहदेखि अधिवेशनको प्रक्रिया आरम्भ भएर केन्द्रीय महाधिवेशनसम्म एउटा आकर्षक साङ्गठानिक पिरामिड निर्माण हुने गौरवशाली वैधानिक परम्पराको आजदेखि सुरु हुँदैछ ।’

महामन्त्री डा.कोइरालाले पार्टी, लोकतन्त्र र सिङ्गो राष्ट्रको बहुआयामिक भविष्य निर्माणका जगमा उभिएका पार्टीका क्रियाशील साथीहरुलाई सुझबुझपूर्ण निर्णय गर्न पनि आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया