प्रेम भाव समेटिएको तामाङ गीत ‘क्लाङ्सी टिला’ सार्वजनिक (भिडियोसहित)

प्रकाशित मिति :  475 पटक हेरिएको

काठमाडौँ । देवराज स्याङतानको शब्द सिर्जना रहेको तामाङ गीत ‘क्लाङ्सी टिला’ सार्वजनिक भएको छ ।

प्रेम भावलाई समेटेर तयार पारिएको सो गीतमा कोसिस थोकर र जितु लोप्चनको स्वर रहेको छ भने संगीत सानुबाबु घिसिङको रहेको छ ।

टि एस सी डिजिटल मिडियाको युटयुव च्यानलबाट सार्वजनिक भएको सो गीतको भिडियो निर्देशन अमिर दोङ, छायांकन सुमन तामाङ र नृत्य निर्देशन युद्ध लामा ब्लोनको रहेको छ ।

तामाङ भाषा शैली र मनोरम प्राकृतिक दृश्यलाई सुन्दर ढङ्गले प्रस्तुत गरिएको गीतमा अभिनय टिकाराज तामाङ र याङ्गी तामाङको रहेको छ ।

भिडियो लिङ्क:

तपाईको प्रतिक्रिया