डराई डराई प्रेम गर्न थालेको छु

प्रकाशित मिति :  100 पटक हेरिएको

म तपाईँ भनेर सम्बोधन गर्छु । यस्को मत्लव तिमी भन्न पाइदैन भन्ने होईन । नारीलाई आमा , दिदी , बहिनी बाहेक नहेरेर पनि होला म तपाईँ सग डराई डराई प्रेम गर्न थालेको छु । अझ भनौ तपाईँकै शब्दमा यो दुस्साहस गरेको छु । हुन त हामी प्रेम सबैलाई गर्छौ ,प्रेम गरेका वा चाहना भएका सबै कुरा पुरा हुन्छन् भन्ने हैन । सबै प्रेमले बाध्ने काम गर्छ भन्छन् तर होइन नि । प्रेमले त सम्मान दिन्छ , स्वतन्त्रता दिन्छ । मलाई यसैको अर्को शब्द विवाह जस्तो लाग्छ ।

भरीसक्के म तपाईं लाई पहिलो पटक देखौ र भेटौ । म तपाईंको विचार बाट तपाईलाई प्रेम गर्न थालेको हु । हुन त मान्छे भित्र अर्को मान्छे लुकेको हुन्छ । त्यहि प्रतिविम्ब देखेर यति दुस्साहस गरे । त्यो दिन देखि न त म तपाईंको हुनुपरोस् न त तपाई मेरो हुनु परोस । तपाईं र म केवल हामी भएर बाँच्नु पाईयोस् ।

सानो छदाँ बाबा कतै निस्किन लाग्दा म बाबालाई बेहुली ल्याईदिनु है भन्थ्ये रे । बाबा नलिई आउनु हुन्थ्यो म बेसरी रून्थे रे। अहिले समय फेरीएको छ । अहिले बेहुली ल्याईदिनु है भन्न त मिल्छ , तर रुन मिल्दैन । हुन त बेहुली खोज्ने र रोज्ने अधिकार बाबा आमाको हो । यही सोचेर दुख सुख जिन्दगीका हरेक उडानहरू पार गर्दैछु।

एक दिन घर बाट फोन आयो । छुट्टी कहिले मिल्छ ? पहिलो प्रश्नले म निकै झस्किए । करिब १ वर्ष लाग्छ की । किन र , के भयो ? एक सासमा प्रश्न गरे । २५औ वसन्तमा हिड्दैछस् । अब त बिहेको सुर सार गर्नु पर्यो नि ? जमना फेरीएको छ भरीसक्के आफै खोज्नु ? जिस्किदै प्रश्न गरे ? कस्ति खोज्नु ?आफै विचार गर । समाजमा बस्नु पर्छ मिल्ने खोज्नु । अहिले लाई फोन राखे ।

के साच्चिकै मेरा बाबा आमाको जस्तो बिहे मैले गर्न पाउदिन ? आफन्तले हेरेर , ठर्याएर बिहे गर्ने जमना गएकै हो त ? यस्तै सोचमा केही दिन बितेछ।
मेरा लागि बिहेको रौनक करीब १० वर्ष पहिले खत्तम भएको रहेछ । जुन बेला महिना दिन देखि तयारी सुरु हुन्थ्यो , लुगा कपडा र अन्य किन्मेल र आगनमा त्रिपाल टागेर मन्डप तयार पारीन्थ्यो , पालीमा र बारीमा खान्ते पिन्तेको व्यवस्था हुन्थ्यो । पिठो कुट्ने देखी घरका सबै काममा गाउँ , ईष्ट मित्र सहभागी हुन्थ्ये । करीब बिवाहको माहोल हप्तादिन जति ठुलै हुन्थ्यो । प्यान सट र जुत्ता लगाएर नाच्दै नाच्दै म अन्तिम पटक जन्ति गएको रहेछु। त्यस यता म कसैको जन्ति गईन । समय नमिलेर वा भनौ ईच्छा शक्ति नभएर हुनसक्छ । समयले हो की मान्छेले हो यि सबै कुराहरु परीमार्जीत हुदै गएका छन् ।

© निराजन लुइँटेल

तपाईको प्रतिक्रिया