सुरेशकुमार पान्डेको गजल

प्रकाशित मिति :  60 पटक हेरिएको

साम्राज्यवादको कथित अनुदान चाहिँदैन,
देशलाई नेताका टुक्का र उखान चाहिँदैन।

बरु खर्च थोरै गर र उत्पादन लाई बढाऊ,
जनतालाई यस्ता नेता बेइमान चाहिँदैन।

यहि देश भित्र पसिना बगाउँछन युवाहरू,
जनतालाई अब खाडि र जापान चहिँदैन।

मिहिनेत गरेर खाने पौरखी जनताहरुलाई,
दलालले दिएको दयाको परान चाहिँदैन।

देश आत्मानिर्भर भएको देख्न चाहान्छौँ,
समाजलाई दुश्मनको यो बथान चाहिँदैन।

फालौँ संघियता देश स्वर्ग तुल्य बन्छ यो,
बरु देश नै टुक्रापार्ने सम्बिधान चाहिँदैन।

ए नेता छाड यो झुटको खेति दन्ते कथा,
तिम्रो त्यो विकासको आवहान चाहिँदैन।

© सुरेशकुमार पान्डे

तपाईको प्रतिक्रिया