काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) समाजवादीलाई निर्वाचन आयाेगले दल दर्ता प्रमाणपत्र मंगलबार प्रदान गरिएको छ ।
राजनीतिक दल सम्बन्धि ऐन,२०७३ काे दफा ४ बमोजिम निर्वाचन आयाेगमा २०७८ असार २८ गते दर्ता भए अनुसार आयाेगबाट २०७८ भाद्र २८ गते निर्णय भएको र २९ गते मंगलबार प्रमाणपत्र प्रदान गरिएको हाे ।
प्रमाणपत्र ग्रहणकाे निमित्त पार्टीका केन्द्रीय अध्यक्ष राजु कार्की , केन्द्रीय प्रवक्ता मान बहादुर तामाङ लगायत पार्टीका पदाधिकारीहरु निर्वाचन आयाेग पुगेका थिए ।
प्रमाणपत्र ग्रहण पश्चात् विभिन्न सञ्चार माध्यमहरु सँग कुरा गर्दै हाम्राे सफलताको सुरुवात् आजबाट सुरु भएको कुरा पार्टीका प्रवक्ता तामाङले बताए ।
नेकपा समाजवादीले चुनाव चिन्हकाे रुपमा ‘कार’ प्रस्ताव अनुसार प्राप्त गरेको छ । पार्टीको झन्डाका रुपमा ३:२काे अनुपातमा गाढा राताे रङ्गको झण्डाकाे बीच भागकाे दायाँ तर्फ सुनाैलाे रङ्गको हँसियाहथौडा क्रस प्रदान गरिएको छ ।
प्रमाणपत्र ग्रहण गरेसँगै निर्वाचन आयाेगबाट आफ्नाे केन्द्रीय कार्यलय बुढानिलकण्ठ हात्तीगाैडा पुगेर नेता कार्यकर्ता बीच खुसी साटासाट गर्दै कार्यक्रम समापन गरेका छन् ।