कविता: हराउनु

प्रकाशित मिति :  126 पटक हेरिएको

हराउनु सुखद कुरा हुन जान्छ
हराएपछि नै महत्त्वपूर्ण लाग्छन्-कति कुराहरु

बादलको कालो पोखरीमा घाम हराएपछि
याद आउँछ न्यानो भाष्करको

झ्यालको टेलिभिजनबाट दृश्यपान हुने
आकाशको हाटबजार बन्द भएपछि
अभाव लाग्न सक्छ शीतलताको !

हराएपछि अति प्रिय लाग्छ
कार्यालयको आइतबारको दिन पनि
जब शनिवारसँगै हराउँछ नियमित भेटघाट !

तिमी हराएपछि न हो
मेरो ओठबाट हाँसो हराएको
मुटुबाट स्पन्दन गायब भएको

तिमी हराएपछि मैले आफू तिमीमा
हराइसकेको महसुस भएको !

ए मेरो बेपत्ता मान्छे
मनको अखबारमा
वर्गिकृत बिज्ञापनमा
प्रकाशित छ
तिमीहराएको खबर
छिट्टै आत्माको शहरमा
रुमानी याद लिएर फर्किनु !

© रिमा केसी

तपाईको प्रतिक्रिया