काठमाडौँ । कमेडी च्याम्पियन सिजन–२ को विजेता भरतमणि पौडेल बनेका छन् ।
गएराति सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट पाएको आधारमा उनलाई विजेता घोषित गरिएको हो ।
विजेता पौडेलले डाट्सनको कार र नगद २५ लाख रुपैयाँ प्राप्त गरे । यस्तै सेकेन्ड रनरअप सन्तोष थापा भए । उनले स्कुटर प्राप्त गरे ।
यसैगरी फस्ट रनरअप बिक्की अग्रवाल बन्न सफल भए भने टीभीएस अपाचेको मोटरसाइकल प्राप्त गरे ।