मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा नेकपा माओवादी केन्द्रको सम्पर्क कार्यालय उद्घाटन गरेको छ ।
इन्द्रसरोवर गाउँपालिकामा आइतबार नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज कुमारी मोक्तानले उद्घाटन गरेका हुन् ।
कार्यक्रममा सबै वडाबाट रिपोर्टिङ तथा पार्टिलाई जागरुक गराउन सुझाव सहित कार्यक्रम समापन गरिएको समेत नेकपा माओवादी केन्द्रका इन्द्रसरोवर इन्चार्ज तथा मकवानपुर जिल्ला सदस्य बिनायक गोलेले बताए ।
कार्यक्रममा जिल्ला प्रचार विभाग प्रमुख कमान सिंह पाख्रीन , वाइसीएल जिल्ला सदस्य सानू बाबू मोक्तान , वाइसीएल थाहा नगर अध्यक्ष मान सिंह दोङ , उपाध्यक्ष दिवाकर गोपाली लगायतका उपस्थिति रहेको थियोे ।