इटालियन सिरी ए फुटबलमा नापोलीको लगातार छैटौँ जित

प्रकाशित मिति :  481 पटक हेरिएको

काठमाडौँ । इटालियन सिरी ए फुटबलमा नापोलीले लगातार छैटौँ जित निकालेको छ ।

गएराति भएको खेलमा काग्लियारीलाई २-० गोल अन्तरले पराजित गर्दै नापोलीले जितको यात्रा कायम राखेको हो।

नापोलीको जितमा भिक्टर ओसिमहेन र लोरेन्जो इन्सिग्नेले एक एक गोल गरे। खेलको ११ औं मिनेटमा भिक्टरले गोल गर्दै नापोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको २७ औं मिनेटमा लोरेन्जोले पेनाल्टीमा गोल गर्दै नापोलीलाई २-० को जित दिलाए । यस जितसँगै नापोलीले ६ खेलमा १८ अंक जोडेको छ । नापोली शीर्ष स्थानमा यथावत रहेको छ ।

काग्लियारी २ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।

तपाईको प्रतिक्रिया