रुपन्देहीमा ट्रकको ठक्करबाट आमाछोराको मृत्युु

प्रकाशित मिति :  49 पटक हेरिएको

काठमाडौँ । रुपन्देहीमा ट्रकले ठक्कर दिँदा आमाछोराको मृत्युु भएको छ ।

जिल्लाको सैनामैना बुद्धनगरमा ना ८ ख ४४११ नम्बरको भैँसीपाडा बोकेको ट्रकले ठक्कर दिँदा सैनामैना-५ की राधा भट्टराई र छोरा महेश भट्टराईको ज्यान गएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ज्यान गएको प्रहरीले जनाएको हो ।

 

तपाईको प्रतिक्रिया