एट्लेटिकोदद्वारा एसी मिलानलाई २-१ गोल अन्तरले पराजित

प्रकाशित मिति :  407 पटक हेरिएको

काठमाडौँ । यूईएफए च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब एट्लेटिको मड्रिडले जित निकालेको छ ।

समूह चरण अन्तर्गत मंगलबार राति एट्लेटिकोले इटालियन क्लब एसी मिलानलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

मिलानको घरेलु मैदानमा एट्लेटिकोलाई जित दिलाउन एन्टोनियो ग्रीजम्यान र लुइस सुआरेजले एक एक गोल गरे । मिलानका राफेल लिओले एक गोल फर्काए ।

खेलमा सुरुवाती अग्रता भने मिलानले बनाएको थियो ।खेलको २० औं मिनेटमा राफेलले गोल गर्दै मिलानलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको २९ औं मिनेटमा फ्रान्क केसीले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा मिलान १० खेलाडीमा समेटियो ।

खेलको ८४ औं मिनेटमा ग्रीजम्यानले गोल गर्दै एट्लेटिकोलाई १-१ को बराबरीमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा सुआरेजले गोल गर्दै एट्लेटिकोलाई २-१ को जित दिलाए ।

यस जितसँगै समूह बी को एट्लेटिकोले २ खेलमा ४ अंक जोडेको छ । एट्लेटिको दोस्रो स्थानमा रहेको छ ।

लगातार दोस्रो हार व्यहोरेको मिलान अंक विहीन रहदै पुछारमा रहेको छ ।

तपाईको प्रतिक्रिया