एक्कासि बढ्यो सुनको मूल्य, यस्तो छ प्रतितोला भाउ!

प्रकाशित मिति :  252 पटक हेरिएको

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य एक्कासि बढेको छ ।

नेपाल सुनचाँदी व्यावसायि महासंघका अनुसार लगातार तीन दिनसम्म घटेको सुनको भाउ आज एक्कासि बढेको हो ।

हिजो (बिहीबार) ८८ हजार ७०० रुपैयाँ प्रतितोलामा किनबेच भएको छापावाल सुनको भाउ आज ९०० रुपैयाँले बढेर ८९ हजार ६०० रुपैयाँ पुगेको हो । तेजाबी सुनको भाउ पनि प्रतितोलामा ९०० रुपैयाँले नै बढेर ८९ हजार १५० रुपैयाँ पुगेको छ ।

हिजोको तुलनामा आज चाँदीको मूल्य पनि बढेको छ । हिजो १ हजार १२० रुपैयाँमा किनबेच भएको चाँदीको भाउ आज २० रुपैयाँले बढेर १ हजार १४० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया