काठमाडौँ । साहस उर्जा लिमिटेडलेको प्राथमिक शेयर (आइपीओ) प्रि अलोटमेन्ट आज सम्पन्न भएको छ ।
कम्पनीले आज प्रि अलोटमेन्ट सम्पन्न गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि पठाउने र उताबाट स्वीकृति आएमा आगामी साताको आइतबार बाँडफाँड गर्ने सम्भावना रहेको विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ ।
कम्पनीले असोज ६ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकति मूल्यमा ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता आईपीओ निष्काशन गरेको हो ।
जसमध्ये ५ प्रतिशत अर्थात तीन लाख ५० हजार कित्ता सामुहिक लगानीकोषका लागि र ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता कर्मचारीहरुको लागि सुरक्षित गरिएको छ ।
सामुहिक लगानीकोष र कर्मचारीहरुलाई सुरक्षित गरेर बाँकी रहेको ६४ लाख ४० हजार कित्ता सर्वसाधारणले भर्न पाउने व्यवस्था थियो ।
आइपीओमा अन्तिम दिनसम्म २४ लाख बढीले आवेदन दिएका छन् । बिक्री प्रबन्धक एनआइबीएल एस क्यपिटलका अनुसार हिजो साँझ ५ बजेसम्ममा २४ लाख ६२ हजार भन्दा बढी आवेदकहरूले ३ करोड ४३ लाख कित्ताका लागि आवेदन दिएका हुन् । यो माग गरिएको भन्दा ५.६२ गुणा बढी आवेदन हो ।
सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने व्यवस्था थियो ।