स्पेनिस ला लिगामा बिल्बाओको संघर्षपूर्ण जित

प्रकाशित मिति :  535 पटक हेरिएको

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिक बिल्बाओले संघर्षपूर्ण जित निकालेको छ ।

गएराति भएको खेलमा बिल्बाओले डिपोर्टिभो अलाभेसमाथि १-० को जित निकालेको हो ।

घरेलु मैदानमा बिल्बाओलाई जित दिलाउन राउल गार्सियाले निर्णायक गोल गरे । उनले खेलको ४४ औं मिनेटमा गोल गरेका थिए ।

त्यसअघि खेलको नवौं मिनेटमा गार्सियाले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार अलाभेसका गोलकिपर फेर्नान्डोले बचाउ गरेका थिए ।

यस जितसँगै बिल्बाओले आठ खेलमा १३ अंक जोडेको छ । बिल्बाओ लिगको छैटौं स्थानमा रहेको छ भने अलाभेस ३ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।

तपाईको प्रतिक्रिया