आज साहस उर्जाको आईपीओ बाँडफाँट हुँदै

प्रकाशित मिति :  308 पटक हेरिएको

काठमाडौँ । साहस उर्जा लिमिटेडलेको प्राथमिक शेयर (आइपीओ) आज (आइतबार) बाँडफाँट हुने भएको छ ।

कम्पनको शुक्रबार प्रि अलोटमेन्ट सम्पन्न भएसँगै आज आइपीओ बाँडफाँट हुने भएको हो ।

कम्पनीले असोज ६ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकति मूल्यमा ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता आईपीओ निष्काशन गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात तीन लाख ५० हजार कित्ता सामुहिक लगानीकोषका लागि र ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता कर्मचारीहरुको लागि सुरक्षित गरिएको छ । सामुहिक लगानीकोष र कर्मचारीहरुलाई सुरक्षित गरेर बाँकी रहेको ६४ लाख ४० हजार कित्ता सर्वसाधारणले भर्न पाउने व्यवस्था थियो ।

आइपीओमा अन्तिम दिनसम्म २४ लाख बढीले आवेदन दिएका छन् । बिक्री प्रबन्धक एनआइबीएल एस क्यपिटलका अनुसार अन्तिम दिनको ५ बजेसम्ममा २४ लाख ६२ हजार भन्दा बढी आवेदकहरूले ३ करोड ४३ लाख कित्ताका लागि आवेदन दिएका हुन् । यो माग गरिएको भन्दा ५.६२ गुणा बढी आवेदन हो ।

सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने व्यवस्था थियो । कम्पनीले सोलुखुम्बु जिल्लामा ८६ मेगावाट क्षमताको सोलु खोला ‘दुधकोशी’ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

 

तपाईको प्रतिक्रिया