पूजा र ओबि अभिनित ‘रम रम मरौटी’ले कमायो एक दिनमा लाख भ्युज (भिडियोसहित)

प्रकाशित मिति :  723 पटक हेरिएको

काठमाडौँ । प्रिन्सेस खरेलको प्रस्तुतिमा नायिका पूजा शर्मा र मोडल ओबि रायमाझी अभिनित लोकदोहोरी गीत ‘रम रम मरौटी’ सार्वजनिक भएको पहिलो दिनमै एकलाख भ्युज कमाएको छ ।

गायक खेम सेञ्चुरी र गायिका अस्मिता अधिकारीको स्वर रहेको सो गीत शुक्रबार सार्वजनिक भएको थियो ।
गीत सार्वजनिक भए लगत्तै युट्युब मात्रै नभएर टिकटक र फेसबुकमा समेत राम्रो भ्युज जान थालेको हो ।

लोकदोहोरीको क्षेत्रमा केही पृथक र कलात्मक तरिकाले प्रस्तुत गरिएको सो गीतको शब्द सिर्जना नेत्र अर्यालले गरेका हुन् भने लय खेम सेञ्चुरीको सिर्जना गरेका हुन् ।

यस्तै, उक्त गीतको भिडियो निर्देशन रामजी लामिछानेले गरेका हुन् भने सौरभ लामाले छायाँकन र बन्दे प्रसादले सम्पादन गरेका हुन् ।

भिडियो लिङ्क:

तपाईको प्रतिक्रिया