कविता: सजाय !

प्रकाशित मिति :  273 पटक हेरिएको

खुसीका पल
सकिएपछि तिम्रो भेटका ,

यो मेरो एकान्त
यादहरुको कारावास सजाय
भएको छ ।

सायद
आफै सही हुन नसकेर होला ,
सही मान्छेकै खोजीमा
जीवन सकिएको छ !

जिन्दगीले जसलाई
बितायो
औपचारिक मर्यादा बिना,,

जो मनमा बस्यो सम्मानसहित
उसैले ,
साथ बिना पनि
यो अनमोल समय बिताइ दिनु
जिन्दगीकै
ठूलो सजाय रहेछ ।

© पादुका ।
कागकोट ,डोल्पा

तपाईको प्रतिक्रिया