सुरेशकुमार पान्डेको गजल

प्रकाशित मिति :  319 पटक हेरिएको

गरिबलाई न कहिलै कसैको आश हुन्छ,
न सहयोगि भन्नुनै आफ्नो मान्छे खास हुन्छ।

महल बनाउँने उनै कर्मिहरुलाई नि हेरौँ,
आफ्नो न त ओट लाग्ने राम्रो घर बास हुन्छ।

जन्मिए देखि नमर्दा सम्म नि गरिबलाई,
दश नङ्ग्रा खियायपछि मात्र एक गास हुन्छ।

मान्छे मान्छकै बिच कति फरकछ समाजमा,
कसैलाई धनको कसैलाई दुःखको रास हुन्छ।

जसले गरिब मुक्तिकै नाममा भोट माग्ने गर्‍यो
उनीहरुको बिचमा झनै ठुलठुला तमाश हुन्छ।

गरिबलाई कहिले कजाई कहिले फकाई लुटे,
त्यसैले त गरिब संघर्षमा सदियौ हतास हुन्छ।

सेतेहरु भन्नेगर्छन श्रमजिबिकै मर्म नबुझ्नेहरु,
कि नरपिचास हुन्छ कि भने ज्युँदो लास हुन्छ।

तपाईको प्रतिक्रिया