आज तोलामा ५०० रुपैयाँले बढ्यो सुनको भाउ

प्रकाशित मिति :  206 पटक हेरिएको

काठमाडौँ । आज मंगलबार नेपाली बजारमा सुनको भाउ ५०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर ९० हजार ३०० रुपैयाँ पुगेको हो ।

महासंघका अनुसार गत सोमबार बजारमा छापावाला सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज यता तेजाबी सुनको मूल्य समेत तोलामा ५०० रुपैयाँले वृद्धि हुँदै ८९ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य भने स्थिर रहेको छ । गत सोमबार तोलामा एक हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्य कायम भएको हो ।

तपाईको प्रतिक्रिया