क्रान्तिका कुरा सार्है
मिठा हुन्छन्
रगत उमाल्छन्
बिना आगो ,
ज्यान लिने दिने कुरा
सामान्य हुन्छन् ,
जब शहिदहरुको
जमात खडा हुन्छ ,
दिने भनेको
केवल
आश्वासन हो ,
केवल नारा हो ,
सहादत माथी ,
तपाई फेरिपनि
कायापलटको
मुलायम मुक्ति ब्रान्ड
खोक्दै हुनुहुन्छ ,
सोध्न मन लाग्छ ,
आँखामा छारो छर्ने
यो खेतिको सिजन
कहिले सकिन्छ ?
© विष्णु पादुका
कागकोट , डोल्पा ।