बुद्धभूमीको आईपीओ आज बाँडफाँट हुँदै

प्रकाशित मिति :  50 पटक हेरिएको

काठमाडौँ । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको साधारण शेयर (आईपीओ) आज बाँडफाँट हुने भएको छ ।

कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणको लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो ।

उक्त आईपीओ शुक्रबार (आज) बिहान १० बजे बाँडफाँट गर्ने कम्पनीको बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ ।

कम्पनीका आईपीओका लागि २१ लाख ११ हजार ८१९ जना आवेदकले २ करोड ६५ लाख ३१ हजार ४० कित्ताका लागि आवेदन दिएका थिए ।

यो आईपीओ योग्य आवेदक मध्येबाट ७४ हजार ४०० जनाले मात्रै १० कित्ता शेयर हात पार्नेछन् भने २० लाख भन्दा धेरैले शेयर नपाउने पक्का छ ।

तपाईको प्रतिक्रिया