कालिका तामाङ नारी प्रतिभा पुरस्कारद्वारा साहित्यकार रचना मोक्तान सम्मानित

प्रकाशित मिति :  508 पटक हेरिएको

काठमाडौँ । कालिका तामाङ नारी प्रतिभा पुरस्कार गुठीद्वारा प्रदान गरिने ‘कालिका तामाङ नारी पुरस्कार २०७८’ द्वारा साहित्यकार रचना मोक्तान र गीतकार रञ्जना मोक्तान सम्मानित भएका छन् ।

कार्यक्रममा गुठीका संरक्षक के.बी. सिंह लामाले प्रतिभाद्वय मोक्तानलाई खादा ओढाएर, प्रमुख अतिथिले ताम्रपत्र वितरण गरेर, गुठीका कोषाध्यक्ष नितु सिंहले मायाको चिनो वितरण गरेर र कान्तिपुर मेटलका प्रतिनिधि सुमी लामाले डाइरी र नगद पुरस्कार वितरण गरेर सम्मान गरेका हुन् ।

कार्यक्रममा सम्मानित प्रतिभाद्वय रञ्जना मोक्तानको तामाङ मौलिक गीत फापारे गीतीसंग्रह ‘रिन’ र कवयित्री रचना मोक्तानको कविता संग्रह ‘थोर्बा ग्यालाम’ माथि समिक्षक कृष्णकुमार लामाले चर्चा गरेका थिए भने गुठीका अध्यक्ष एवं लेखक रविन्द्र तामाङले तामाङ नारी स्रष्टाहरुका कृति प्रकाशन इतिहास र प्रकाशित कृतिहरुका बारेमा चर्चा गरेका थिए ।

तपाईको प्रतिक्रिया