प्रदीप रोदनको गजल

प्रकाशित मिति :  248 पटक हेरिएको

शंका पातलो विश्वास घना हुँदैन।
केही हुँदैन जहाँ बिडम्बना हुँदैन।

एउटा कुरा छ म खुब सम्झिन्छु
मलाई धेरै कुरा सम्झना हुँदैन।

किन मनबाट रचना हुन्छ माया,
फेरि किन मनको संरचना हुँदैन?

नजिक हुँदा त्यस्तो माया गर्नुस्,
दूर हुँदा पनि जो दुर्घटना हुँदैन।

महोदय किन पूरा हुँदैन सपना?
पूरा हुन्छ भने त्यो सपना हुँदैन।

© प्रदीप रोदन
गोरखा

तपाईको प्रतिक्रिया