इन्द्रसरोवरको सिमखोला नजिक बोलेरो गाडी दुर्घटना

प्रकाशित मिति :  52 पटक हेरिएको

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ सिमखोला नजिक कुखुरा बोकेको गाडी दुर्घटना भएको छ ।

गएराती हेटौंडाबाट काठमाडौं तर्फ जाँदै गरेको प्रदेश २-०३-००१ च ४०२१ नम्बरको कुखुरा बोकेको बोलेरो गाडी ब्रेक फेल हुँदा अनियंत्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रबक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

दुर्घटनामा परेको बोलेरो गाडी पूर्ण रूपमा क्षति भएको छ ।
दुर्घटनामा बोलेरो गाडी चालक पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ बस्ने ३० वर्षीय बलबहादुर गुरुङको दाहिने हातमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया