सुरेशकुमार पान्डेको गजल

प्रकाशित मिति :  313 पटक हेरिएको

कात्तिक मैनासम्म बर्षे झरी लाग्यो,
बाढी पहिरो डुवान देशै भरी लाग्यो।

पाकेको धान कठै काटेर राखेकै पनि,
धानलाई खेतमै कुहाउँने गरी लाग्यो।

गरीब किसान मजदुर ज्यामिहरु मा,
प्राकृतिको प्रकोप नै घरीघरी लाग्यो।

भुँई चालछ कहिले कोरोना ले छल्छ,
विभिन्न समस्याहरुनै मनपरी लाग्यो।

किन कहर बर्सायो कुद्रतले सधैभरी,
डुबायो धान देशमा भोकमरी लाग्यो।

कहिले प्रकृति कहिले छिमेकि दमन
हाम्रो देशभित्र त दुश्मन सरी लाग्यो।

तपाईको प्रतिक्रिया