मकवानपुर । मकवानपुरको हाँडिखोलामा झुन्डिएको अवस्थामा एक पुरुष मृत फेला परेका छ ।
सोमबार बिहान मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ३ हाँडीखोलाका २८ वर्षीय रमेश सुवेदी आफ्नै घरबाट करिब ५ सय मिटर भित्रको जंगलमा रुखको हाँगामा झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।