१.विश्वास गर्ने लायकको मित्र हुनुपर्छ
पलपल धड्किने मुटुको भित्र हुनुपर्छ
आँखामा राखे पनि नबिझाउने खालको
असल स्वाभाव राम्रो चरित्र हुनुपर्छ
२.बाढी पहिरोले धेरै धनजनको क्षति गरेको छ
दिन दिनैको यो बर्षातले पनि अति गरेको छ
के गर्नु र प्रकृति प्रकोपलाई रोक्न नमिल्ने
मानिसहरुको जीवनलाई दुरगति गरेको छ
३.बेरोजगारी छु म गाउँमै धन कमाउने कसरी
दिन प्रति दिन तिहार नजिकियो रमाउने कसरी
आज खाए भोलि के खाउँ भएको अवस्थामा
सम्पुर्ण इष्टमित्रहरुको हात समाउने कसरी
४.थाकीसके अचेल जिन्दगी देखेर
कयौं दु:ख कष्टहरु जीवनले भोगेर
संघर्ष गरे पनि सफल नहुने कहिल्यै
बसेकी छु आज मनलाई सम्हालेर
© सम्झना थापामगर
पु.ब.न.पा – ७ साधीँखोला स्याङ्जा