खुल्ला अनलाइन एकल गायन प्रतियोगिता कार्यक्रम सम्पन्न

प्रकाशित मिति :  498 पटक हेरिएको

काठमाडौं । सांगीतिक संस्था साधना परिवारको पाचौं वार्षिकोत्सबको अवसरमा आयोजित खुल्ला अनलाइन एकल गायन प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।

सोही अवसरमा साधना परिवारको सांगीतिक कोसेली “सक्दिन म” बोलको गीति एल्बम पनि विमोचन भएको छ । गीतका सर्जकहरु गायक रेशम थापा, गायिका ॠतु सिवा, संगीतकार सबिन लिम्बु, शब्द रचना अन्जु श्रेष्ठको विश्लेषकहरुले खुलेर प्रसंशा गरेका थिए ।

“संगीत नै जीवन हो” मूल नाराका साथ स्थापना भएको साधना संस्थाले हरेक बर्ष अनलाइन प्रतियोगिताहरु संचालन गर्दै आइरहेको छ । राष्ट्रिय गायिका रमना श्रेष्ठ गायक षडज लिम्बू सम्बाहङ्फे, सबिन लिम्बू, सनाहाङ लिम्बू प्रतियोगिताका मुख्य निर्णायकको भुमिकामा रहेका थिए ।

साधना परिवारका संस्थापक कुशल गुरुङको अध्यक्षता र राष्ट्रिय गायिका रमना श्रेष्ठको प्रमुख आतिथ्यतामा प्रतियोगिताको प्रथम हुनेलाई एएस्टी ग्रुपबाट रजनी सुन्दासले निःशुल्क गीत रेकर्ड र म्युजिक भिडियो उपहार प्राप्त गरेका छन् ।

त्यसैगरी दोश्रो हुने एम.एन.एस.जी ग्रुपबाट मनोज लिम्बूलाई रु बीस हजार, तेस्रो हुने एम.डब्लु.एस.जी ग्रुपबाट युवराज गड्तौलालाई रु पन्ध्र हजार, चौथो हुने साधना ग्रुपबाट ॠतु सिवालाई रु दश हजार र उत्कृष्ट भ्युजको विजेता SSOG ग्रुपका रुद्र सुवेदीलाई नगद राशी सहित प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रमुख अतिथि गायिका रमना श्रेष्ठ, लगायत विभिन्न संघ संस्थाका संस्थापकहरुले शुभकामना मन्तव्य राखेको थिए । कार्यक्रम साधना परिवारको संस्थापक कुशल गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया