मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले राती ८ बजेपछि देउसी भैलो नखेल्न आग्रह गरेको छ ।
मंगलबार सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले एक सूचना जारी गर्दै जिल्ला भित्र कोभिड १९ बाट संक्रमितहरुको संख्या कम देखिएता पनि संक्रमणको जोखिम अझै यथावत नै रहेको हुँदा तिहार तथा छठ लगायतका पर्वहरु जनस्वास्थ्यका मापदण्डहरु पालना गरी मनाउन समेत आग्रह गरेको छ ।
यस्तै प्रशासनले पटाका, भुँइचम्पा जस्ता प्रज्वलनशिल पदार्थ किनबेच तथा प्रयोग नगर्न समेत आग्रह गरेको छ ।