हेटौंडामा लहरी ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

प्रकाशित मिति :  468 पटक हेरिएको

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरस्थित लहरी ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौंडा १२ का २० वर्षीय सुसान्त पुडासैनी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

आज बिहान हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको ना ७ ख ८८१ नम्बरको लहरी ट्रकले बाग्मती प्रदेश ३- ००४ प ७१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पुडासैनीको घटना स्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक रिमालले बताएका हुन् ।

लहरी ट्रक चालक लमजुङ घर भएका ४९ वर्षीय पूर्ण बहादुर भुजेललाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया