मकवानपुरमा ६९ किलो गाँजा सहित तीन जना पक्राउ

प्रकाशित मिति :  244 पटक हेरिएको

मकवानपुर । मकवानपुरमा ६९ किलो ५०० ग्राम अवैध लागुऔषध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलाश गाउँपालिका -५ कटहरे घर भइ हाल हेटौँडा- ७ कमाने बस्ने ३४ वर्षीय सिताराम मोक्तान , कैलाश गाउँपालिका- १ बस्ने ३३ वर्षीय अमरबहादुर गिरी र सोही स्थान बस्ने २६ वर्षीय इन्द्रबहादुर मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङले जानकारी दिए ।

विशेष सूचनाको आधारमा सोमबार साँझ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले हेटौँडा १ स्थित पालुङ बसपार्कमा ना १ ह ७६३८ नम्बरको अटोलाई चेकजाँच गर्दा तरकारी बोराभित्र लुकाई छिपाई ल्याएको अवस्थामा उक्त अवैध लागुऔषध गाँजा सहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया